You are viewing the translated version of सम्पत्ति धितोमा राख्न, बन्धकी दिन वा बिक्री गर्न नहुने.
Rule 6
सम्पत्ति धितोमा राख्न, बन्धकी दिन वा बिक्री गर्न नहुने
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले नियम ३ बमोजिम सूचना प्रकाशन भएपछि, अनुमतिपत्रको अवधि बहाल नरहेको सेवा प्रदायकले अनुमतिपत्रको अवधि बहाल नरहेको मितिदेखि र नियम २५ बमोजिम सेवा सञ्चालन गर्न नसक्ने भनी निवेदन दिने सेवा प्रदायकले आफ्नो कुनै चल वा अचल सम्पत्ति धितोमा राख्न, बन्धकी दिन वा बिक्री गर्न वा अन्य कुनै किसिमले त्यस्तो सम्पत्तिको हक हस्तान्तरण गर्न संक्ने छैन।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ३३ को उपदफा (१) बमोजिम अनुमतिपत्रको अवधि समाप्त भए पछि नेपाल सरकारको स्वामित्वमा कायम हुने सम्पत्ति अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रको अवधि समाप्त हुनुभन्दा कम्तीमा तीन वर्ष अघिदेखि प्राधिकरणको स्वीकृति बिना धितोमा राख्न, बन्धकीमा दिन, बिक्री गर्न वा अन्य कुनै किसिमले हक हस्तान्तरण गर्न हुँदैन।
(३) उपनियम (१) वा (२) विपरीत घितोमा राख्ने, बन्धकी दिने, बिक्री गर्ने वा अन्य कुनै किसिमले हक हस्तान्तरण गर्ने कार्य स्वतः बदर हुनेछ।